होमपेज > पूर्वी लेबनानमा इजरायलको आक्रमण जारी, ६ जनाको मृत्यु

पूर्वी लेबनानमा इजरायलको आक्रमण जारी, ६ जनाको मृत्यु

बिज्ञापन

इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ। पछिल्लो समय इजरायलले गरेको हवाई आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार शनिबार मात्रै पूर्वी लेबनानको जेन्नाटा सहर नजिकैको शारा क्षेत्रलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको हो। इजरायली सेनाले हिजबुल्लाहबाट युद्धविराम सम्झौताको उल्लंघन भएको बताउँदै आक्रमण गरिरहेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै ‘रणनीतिक हतियार उत्पादन र भण्डारण गर्ने स्थलभित्र’ हिजबुल्लाहका कार्यकर्ता भएको दाबी गरेको छ।

गत नोभेम्बर २७ मा इजरायली सेना र हिजबुल्लाहबीच भएको द्वन्द्व अन्त्य गर्ने गरी भएको युद्धविराम सम्झौतालाई सङ्केत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘ हतियार भण्डारण र उत्पादन स्थलभित्रका गतिविधिलाई इजरायल र लेबनानबीचको समझदारीको ठाडो उल्लङ्घन मानिएको छ।’

यो सम्झौता लागू भएदेखि नै इजरायलले हिजबुल्लाहका ती स्थानहरुमा सैन्य कारबाही जारी राखेको छ। सम्झौतामा ६० दिनको कार्यान्वयन अवधि जनवरी २६ मा समाप्त हुने भनिएको थियो। तर, इजरायलले लेबनानले सम्झौतापूर्ण रूपमा कार्यान्वयन नगरेको भन्दै दक्षिणी लेबनानबाट आफ्ना सेना फिर्ता गर्न ढिलाइ गरेको थियो।

युद्धविरामको सर्तअनुसार लेबनानी सेनाले हिजबुल्लाह सेनाको स्थानमा दक्षिणमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकसँगै तैनाथ गर्ने भएको छ। इजरायलले पूर्वी बेका घाटीमा पनि आक्रमणको लहर चलाएको छ, जुन सामान्यतया हिजबुल्लाहको गढ मानिन्छ । गत जनवरी ३१ मा इजरायली सेनाले सिरियासँगको सीमा नजिक हिजबुल्लाहका विभिन्न स्थानमा आक्रमण गरेको दाबी गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको थियो।

हिजबुल्लाहका अधिकारी इब्राहिम मौसावीले त्यस समयमा भएको हवाई आक्रमणको निन्दा गर्दै यसलाई ‘अत्यन्त खतरनाक उल्लंघन र स्पष्ट र स्पष्ट आक्रमण’को संज्ञा दिंदै लेबनानलाई इजरायलको निरन्तर आक्रमण रोक्न आह्वान गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार