प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ।
कम्पनीले २०८२ असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत (सम्वृद्ध जीवन बीमा एकल, सम्वृद्ध जीवन बीमा नियमित, बम्पर श्रीवृद्धि जीवन बीमा, सुनौला किरण बीमा र बाल जीवन किरण बीमा) ९ वर्षे बीमा अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।


