होमपेज > मर्मतपछि रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा, ६८ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

मर्मतपछि रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा, ६८ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

बिज्ञापन

गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीबाट क्षतिग्रस्त बनेको रसुवागढी जलविद्युत् आयोजना मर्मत तथा पुनर्स्थापना कार्यपछि पुनः सञ्चालनमा आएको छ ।

१११ मेगावाट क्षमताको आयोजनाका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन, मुहानको ड्याम तथा नहरको मर्मत सम्पन्न भएसँगै ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मतपश्चात गत मङ्सिर महिनामा ३७ मेगावाट र हालै थप ३१ मेगावाट गरी हाल ६८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बाँकी सफाइ तथा मर्मतको काम पूरा भएपछि आयोजनाको पूर्ण क्षमताअनुसार थप ४३ मेगावाट आगामी जेठ–असारसम्म राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य लिइएको छ ।

केन्द्रका अनुसार हाल पानीको प्रवाह घट्न थालेकाले सुक्खायाममा विद्युत् उत्पादन केही घट्नेछ । गत असारको बाढीले आयोजनाका उपकरण तथा संरचनामा ठूलो क्षति पुर्‍याउँदा करिब ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको थियो ।

मर्मत सम्पन्न भएसँगै रसुवागढी आयोजना पुनः सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  2. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  3. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  5. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  6. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  7. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  8. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  9. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  10. १० रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  11. ११ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  12. १२ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  13. १३ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  14. १४ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  15. १५ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द