होमपेज > युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने ४ जना पक्राउ

युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने ४ जना पक्राउ

बिज्ञापन

काठमाडौंमा युवा युवतीहरूलाई क्लब र हाउस पार्टीको नाममा बन्धक बनाई शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ का २२ वर्षीय ओजस्वी तामाङ, र स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरूङ रहेका छन् । प्रहरीका अनुसार, उनीहरूले काठमाडौंका विभिन्न डान्स बार र क्लबहरूमा जाने युवा युवतीहरूलाई विभिन्न प्रलोभन देखाई ‘क्लब पार्टी’ र ‘हाउस पार्टी’को बहानामा बुढानिलकण्ठस्थित एक घरमा लगेर नशालु पदार्थ सेवन गराउँथे । त्यसपछि उनीहरूलाई अनैतिक कार्य गर्न बाध्य पार्ने र शारीरिक यातना दिने गरेका थिए ।

प्रहरीले गोप्य सूचनाका आधारमा छापा मारी उनीहरूलाई बुढानीलकण्ठ नगरपालिका–१ बाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा उनीहरूको साथबाट एक थान नक्कली पेस्तोल, एक थान ह्यामर, एक थान इलेक्ट्रिक आइरन, र एक थान व्लोवर मेसिन पनि बरामद गरिएको छ । प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहले लामो समयदेखि यस्तो अपराध गर्दै आएको आशंका गरिएको छ । प्रहरीले अन्य पीडितहरूको पहिचान र थप तथ्यहरूको खोजी गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार