होमपेज > राहदानी विभागद्वारा दैनिक एक हजार राहदानी वितरण हुने

राहदानी विभागद्वारा दैनिक एक हजार राहदानी वितरण हुने

बिज्ञापन

राहदानी विभागले दैनिक एक हजार थान विद्युतीय राहदानी वितरण गरिने स्पष्ट गरेको छ। विभागले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा बाहेक हरेक दिन राहदानी उपलब्ध गराइने जनाएको हो।

विभागका अनुसार विद्युतीय राहदानी आपूर्तिका लागि गत साउनमा नयाँ आपूर्तिकर्तासँग खरिद सम्झौता भइसकेको छ। सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि नयाँ पूर्वाधार र प्रणालीमार्फत राहदानी सेवा सुरु हुने तयारी भइरहेको बताइएको छ।

हालको आपूर्तिकर्ता र नयाँ आपूर्तिकर्ताबीचको ह्यान्डओभर–टेकओभर प्रक्रियासँगै राहदानी पुस्तिकाको सीमितता र सेवाग्राहीको अत्यधिक मागका कारण हाल केही कठिनाइ उत्पन्न भएको विभागले जनाएको छ।

विभागले राहदानीको अभाव नहोस् भन्नका लागि आवश्यक पहल भइरहेको जानकारी दिँदै, अर्को सूचना नभएसम्म अत्यावश्यक सेवाग्राहीहरूले मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ।

त्यस्तै, राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगी वा ठगी प्रयत्नबाट सावधान रहन पनि विभागले सर्वसाधारणलाई सचेत गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  2. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  3. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  5. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  6. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  7. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  8. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  9. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  10. १० रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  11. ११ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  12. १२ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  13. १३ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  14. १४ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  15. १५ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द