होमपेज > विश्वकपबाट बाहिरिएसँगै नेयमारको अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा

विश्वकपबाट बाहिरिएसँगै नेयमारको अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा

"मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। मेरो यात्रा यही रंगशालाबाट सुरु भएको थियो र यहीँ आएर अन्त्य भयो। अब सबै सकियो।"

बिज्ञापन

ब्राजिलका स्टार फरवार्ड नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।

फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि नेयमारले राष्ट्रिय टोलीबाट बिदा लिने घोषणा गरेका हुन्।

अमेरिकाको न्युजर्सीस्थित रंगशालामा भएको खेलमा ब्राजिलका लागि सान्त्वना गोल नेयमारले गरेका थिए। उनले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए।

चार वटा फिफा विश्वकप खेलिसकेका ३४ वर्षीय नेयमार जारी विश्वकपमा पूर्ण रूपमा फिट नभएकाले दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए। यसअघि उनी समूह चरणमा स्कटल्यान्डविरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमार ब्राजिलका लागि सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीका लागि १२९ खेलमा ८० गोल गरेका छन्।

खेलपछि भावुक बनेका नेयमारले भने, “मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। मेरो यात्रा यही रंगशालाबाट सुरु भएको थियो र यहीँ आएर अन्त्य भयो। अब सबै सकियो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट