होमपेज > विश्वको आधाभन्दा बढी जनसङ्ख्या शहरतिर

विश्वको आधाभन्दा बढी जनसङ्ख्या शहरतिर

बिज्ञापन

संयुक्त राष्ट्रसङ्घले मंगलबार सार्वजनिक गरेको ‘विश्व शहरीकरण प्रतिवेदन २०२५’ अनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन्। सात दशकयता विश्व लगातार शहरीकरण हुँदै गएको प्रतिवेदनले उल्लेख गरेको छ। 

सन् १९५० मा विश्व जनसङ्ख्याको २० प्रतिशत मात्र शहरमा बस्ने गरेकोमा हालसम्म आइपुग्दा यो दर ४५ प्रतिशत पुगेको छ। शहरीकरणको तीव्र वृद्धि विशेषगरी विकासोन्मुख मुलुकहरूमा अधिक देखिएको प्रतिवेदनले बताउँछ।

ठूला शहरहरूको तीव्र वृद्धि

सन् १९७५ मा १० लाखभन्दा बढी जनसङ्ख्या भएका शहर विश्वमा ८ वटा मात्र थिए। तर सन् २०२५ सम्म ती संख्या ३३ पुगेको प्रतिवेदनले जनाएको छ, जसमा १९ वटा शहर एसियामा पर्दछन्। इन्डोनेसियाको जाकार्ता विश्वकै सबैभन्दा धेरै जनघनत्व भएको शहरका रूपमा पहिचान भएको छ, जहाँ ४२ लाखभन्दा बढी मानिस बसोबास गर्छन्। सन् २०५० सम्म यस्ता ठूलो आकारका शहरको संख्या ३७ पुग्ने अनुमान छ।

साना र मध्यम आकारका शहरको तीव्र विस्तार

प्रतिवेदनका अनुसार, विश्वका धेरै मानिसठूला शहरमा नभई साना र मध्यम आकारका शहरहरूमै बसोबास गर्छन्। अध्ययनमा समावेश १२ हजार शहरमध्ये ९६% शहरमा १० लाखभन्दा कम जनसङ्ख्या, ८१% शहरमा २.५ लाखभन्दा कम जनसङ्ख्या रहेको छ।

सन् १९७५ देखि २०२५ सम्म विश्वभरका शहरहरूको संख्या दोब्बरभन्दा बढी बढेर सन् २०५० सम्म १५ हजारभन्दा धेरै पुग्ने प्रक्षेपण गरिएको छ।

ग्रामीण बस्ती घट्दै

साना बस्तीहरूमा बस्ने जनसङ्ख्या सन् १९५० को ४० प्रतिशत बाट घटेर सन् २०२५ मा ३६ प्रतिशत पुगेको छ। र ग्रामीण क्षेत्रमा बस्ने जनसङ्ख्या १९ प्रतिशत मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।

सन् १९७५ मा ११६ देशमा प्रमुख रहेका ग्रामीण बस्तीहरू अहिले घटेर ६२ देशमा मात्र सीमित भएका छन्।

‘शहरीकरण यो युगको निर्णायक शक्ति’

संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी ली जुनह्वाले शहरीकरणले जलवायु सुरक्षा, आर्थिक वृद्धि र सामाजिक समानताका लागि नयाँ अवसर खोल्ने बताउँदै भने शहरीकरण यो युगको निर्णायक शक्ति हो। यसको समावेशी र योजनाबद्ध व्यवस्थापन अत्यावश्यक छ। प्रत्येक देशले आवास, भूव्यवस्था, यातायात र सार्वजनिक सेवाहरूलाई शहर र गाउँ दुवै क्षेत्रमा सन्तुलनसहित अघि बढाउनुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार