होमपेज > सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफामा वृद्धि

सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफामा वृद्धि

बिज्ञापन

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । प्राय सबै जसो निर्जीवन बीमा कम्पनीको नाफामा गिरावट आइरहेको अवस्थामा पनि सानिमा जीआईसीको नाफा भने उल्लेख्य रुपमा बढेको हो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले २३ करोड ३५ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशत भन्दाबढी हो । गत आवको चैत मसान्तसम्म कम्पनीले २० करोड ९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिका कम्पनीको व्यापार पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले हालसम्म ३ अर्ब ४६ करोड रुपैयाँबढी विभिन्न क्षेत्रमा लगानी गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीको लगानी ३ अर्ब २० करोड रुपैयाँ थियो । पछिल्लो एक वर्षमा कम्पनीले दीर्घकालिन लगानी वृद्धि गरेको देखिन्छ । प्रति शेयर आम्दानी १५.५७ रुपैयाँ, पीई रेसियो ३७.५४ गुणा र प्रति शेयर नेट वर्थ १५८.३२ रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट