होमपेज > ‘हिमालयन रि’ को आईपीओ बाँडफाँटः यसरी हेर्नुहोस् तपाईंलाई कति कित्ता पर्‍यो?

‘हिमालयन रि’ को आईपीओ बाँडफाँटः यसरी हेर्नुहोस् तपाईंलाई कति कित्ता पर्‍यो?

बिज्ञापन

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ताज ब्यांकेट बालुवाटार, काठमाडौंमा आज बिहान बाँडफाँट गरिएको हो ।

आईपीओ भरेका सबैले शेयर पाएका छन् । आईपीओका लागि आवेदन दिएका लगानीकर्ताहरुले न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म शेयर पाएका हुन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट​ http://www.himalayanre.com/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

उक्त कम्पनीको आईपीओका लागि १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु. २०६ मा बिक्री गर्न लागेको हो । ६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  2. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  3. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  4. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  6. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  7. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  8. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  9. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  10. १० नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  11. ११ स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  12. १२ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  13. १३ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  14. १४ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  15. १५ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?