होमपेज > काठमाडौं महानगर र सडक डिभिजनको विवादमा उच्च अदालतले मगायो विस्तृतीकरणको प्रतिवेदन

काठमाडौं महानगर र सडक डिभिजनको विवादमा उच्च अदालतले मगायो विस्तृतीकरणको प्रतिवेदन

बिज्ञापन

सडक डिभिजन कार्यालय र काठमाडौं महानगरको न्यूरोड विवादमा उच्च अदालत पाटनले कार्य विस्तृतीकरणको प्रतिवेदन मगाएको छ।

बिहीबार न्यायाधीशहरू राज्यलक्ष्मी बज्राचार्य र चन्द्रमणि ज्ञावलीको संयुक्त इजलासले उक्त प्रतिवेदन मगाउन आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए। ‘निवेदकका तर्फबाट बहसका क्रममा उल्लेख गर्नु भएको आयोजना वर्गीकरण मापदण्ड आधार, २०८० तथा कार्य विस्तृतीकरण प्रतिवेदनको प्रतिलिपि निवेदकबाट मगाई अन्तरिम आदेश छलफलको लागि मिति असार ५ गतेको पेशी तोकी दुवै पक्षलाई जानकारी गराउनु,’ आदेशमा भनिएको छ। यस्तै इजलासले जेठ २८ गते न्यूरोड क्षेत्रमा कुनै काम नगर्नू भनी दिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। डिभिजन कार्यालयले २०३१ सालको कानुनअनुसार न्यूरोडको फुटपाथ विस्तार रोकेपछि गत जेठ २७ गते महानगरले विभागविरूद्ध रिट हालेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बनाएको आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०८० को अनुसूची १ मा कुन आयोजना कुन सरकारको मातहत हुने भनेर व्यवस्था गरेको छ। उक्त अनुसूचीको क्रम संख्या ६ मा सडकलाई चौडाइका आधारमा स्थानीय, प्रदेश र संघले हेर्ने व्यवस्था गरेको छ। मापदण्डमा उल्लेख भएअनुसार ११ मिटरसम्मका सडकहरू स्थानीय तहले हेर्ने र ११ मिटरदेखि २२ मिटर चौडाइका सडकहरू निर्माण गर्दा प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने व्यवस्था छ। न्यूरोडका सडक ११ मिटरसम्मका भएकाले आफूले नै त्यसमा निर्माण तथा स्तरउन्नती गर्न पाउने महानगरको दाबी छ।

आफ्नो मातहत रहेको सडकमा काम गर्न लागेको जानकारी गराउँदा गराउँदै पनि विभागले काम रोकेकोले महानगर अदालत गएको मेयर बालेन शाहका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए। कानुनअनुसार नै काम गरेको हुँदा न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजनाबाट महानगर पछि नहट्ने उनको भनाइ छ। ‘अहिले फुटपाथ विस्तार गर्दा राजनीति भएको हो। हामी फुटपाथ विस्तार गर्न न त रोकिएका थियौं, न त रोकिन्छौं नै,’ उनले भने, ‘एक(दुई पटक बाहेक अहिलेसम्म न्यूरोड क्षेत्रमा सडक र फुटपाथका सबै काम महानगरले नै गरेको छ।’

जेठ १६ गते फुटपाथ विस्तार गर्न काटेको सडक दुई दिनभित्र बनाउन डिभिजन कार्यालयले महानगरलाई पत्र काटेको थियो। तर महानगरले उक्त सडक नबनाएपछि जेठ २१ गते डिभिजन कार्यालय आफैंले टालेको थियो। लम्सालका अनुसार २०७२ मा संविधान जारी भइसकेपछि ३०३१ सालमा जारी भएको र सो संविधानसँग बाझिने कानुन देखाएर डिभिजन कार्यालयले कारबाही गरेको हो। ‘संविधानको भाग ३३ को संक्रमणकालीन व्यवस्थाको ३०४ मा बाझिने कानुन भएमा संविधान जारी भएको एक वर्षभित्र पुरानो कानुन संसोधन नभए पुरानो कानुन स्वतः खारेज हुन्छ भनेर उल्लेख गरिएको छ,’ लम्सालले भने।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार