होमपेज > आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित रवीन्द्र मिश्र

आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित रवीन्द्र मिश्र

बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ१ मा उपेक्षित भएका छन्। पार्टीको वडा अधिवेशनका क्रममा सो निर्वाचन क्षेत्रमा पर्ने चारवटै वडाका अधिवेशनमा उनलाई नबोलाइएको हो।

काठमाडौँ१ अन्तर्गत पर्ने वडा नम्बर ३१, २९, १० र ११ का वडा अधिवेशन मिश्रको अनुपस्थितिमै सम्पन्न भएका छन्। वडा नम्बर ३१ को अधिवेशनले चमन कोइरालाको अध्यक्षतामा सर्वसम्मत रूपमा वडा समिति चयन गरेको छ। यस्तै, वडा नम्बर १० मा सरोजजंग थापाको नेतृत्वमा सर्वसम्मत वडा समिति गठन भएको छ।

त्यसैगरी, वडा नम्बर २९ मा रीना वलीको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ भने वडा नम्बर ११ मा अम्बिका अर्यालको नेतृत्वमा सर्वसम्मत रूपमा समिति चयन भएको छ।

कुनै पनि वडा अधिवेशनमा आफूलाई नबोलाइएको विषयमा मिश्रले पार्टीको कार्यसम्पादन समिति बैठकमा गुनासो राखेको बुझिएको छ। तर, उनको गुनासोलाई बैठकमा गम्भीर रूपमा नलिइएपछि उनी रुष्ट भएको पार्टी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार