होमपेज > छोराको कुटपिटबाट बुवाको मृत्यु

छोराको कुटपिटबाट बुवाको मृत्यु

बिज्ञापन

सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । औरही गाउँपालिका-३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए । गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

कुटपिट लगत‌ै प्रहरी चौकी औरहीबाट गएको टोलीले छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ। मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ । पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट