होमपेज > ४२ लाख रुपैयाँ नदिइ व्यपारी भागेपछि…

४२ लाख रुपैयाँ नदिइ व्यपारी भागेपछि…

बिज्ञापन

मोलमोलाइ गरेपछि १०३ वटा भेडाको पैसा नदिइकन लिएर फरार भएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका- ७ मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिरलाई प्रहरीले पक्राय गरेको हो।

असोज १ गते मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ३ ताक्ला गुरुङले पालेको भेंडा लिएर दुई जना सहयोगीसहित उनी पोखरा झरे। असोज ३ गते पोखराको ड्यामसाइडमा सुतिरहेको अवस्थामा भेडाधनी ताक्लालाई पत्तो नदिइकन फकिरसहितका ३ जना भेंडा लिएर फरार भए। ताक्लाले ४२ लाख रुपैयाँ मोलमोलाइ गरेर पैसा नदिइकन व्यपारी भागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए। रुपन्देहीको शुद्धोधन गाउँपालिका- ४ घर भई पोखरा बस्दै आएका फकिरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए।

जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपेर ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)  कसुरमा अनुसन्धान भइरहेको उनको भनाइ छ। असोज २ गते नै पोखरा महानगरपालिका- २५ घट्टेखोलाबाट अन्यत्र सवारी साधानमा लोड गरेर विक्री गरेको फकिरले वयान दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट