होमपेज > त्रिभुवन विश्वविद्यालयमा परीक्षा भएकै दिन नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयमा परीक्षा भएकै दिन नतिजा सार्वजनिक

बिज्ञापन

त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक गरेको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकरप्रसाद खनालका अनुसार चौथो सेमेस्टरको परीक्षा आइतबार सकिए लगत्तै परीक्षण गरेर नजिता सार्वजनिक गरिएको हो । ‘हिजै परीक्षा सकेर हिजै नतिजा निकालेका हौं। दुई बजे जाँच सकिएको थियो । सरहरूलाई परीक्षण गर्न भन्यौं । उहाँहरूले सहयोग गर्नुभयो । राति नै नतिजा निकाल्न सक्यौं,’ उनले भने ।

अध्ययन संस्थानका सहायक डिन महेन्द्र महर्जनले ४७ जना विद्यार्थीले परीक्षा दिएको बताए । ‘सबै विद्यार्थी उत्तीर्ण भएका छन् । चौथो सेमेस्टरमा एउटा पेपर थियो । संख्या पनि थोरै भएकाले एकै दिन परीक्षा, परीक्षण र नतिजा निकाल्न सकियो,’ उनले भने ।

‘दुई वर्षमा स्नातकोत्तर सक्नु पर्ने हो । समयमै नतिजा निकालेको भएर विद्यार्थीको पढाइमा ग्याप नदेखिने भएको छ । समयमै नतिजा आएकोमा विद्यार्थी समेत उत्साहित भएका छन् । २०७९ मा भर्ना भएको ब्याच हो । दुई वर्षमै कोर्स पूरा भयो । विद्यार्थीको पढाइको ग्याप नहुने भएको छ । अब थेसिस गर्दा हुन्छ,’ उनले भने ।

धेरै विद्यार्थी भएका विषयमा पनि क्यालेन्डर अनुसार ९० दिन भित्र नतिजा निकाल्ने गरिएको उनले बताए । ‘सबै प्रोग्राम सेमेस्टर र ग्रेडिङ सिस्टममा छ । दुई वर्षदेखि हाम्रो संस्थानको आफ्नै क्यालेन्डर बनाएका छौं । एउटा समेस्टरमा पूरा गर्नुपर्ने सबै क्यालेन्डरमा राखेका छौं । सोही अनुसार कक्षा, परीक्षा र नतिजा निकाल्छौं,’ सहायक डिन महर्जनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार