होमपेज > सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूलाई कारबाही हुनुपर्छ : ओली

सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूलाई कारबाही हुनुपर्छ : ओली

बिज्ञापन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। गृह जिल्ला झापामा ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्।

राष्ट्रिय सम्पत्ति, नगरपालिकाका भवन र राजनीतिक कार्यकर्ताका घर तथा कार्यालय जलाउने कार्य पूर्ण रूपमा आपराधिक गतिविधि भएको ओलीको ठहर छ। “अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न सकिँदैन, अपराध रोकेर मात्रै देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउन सकिन्छ,” उनले भने। अरूको घर जलाउनेहरूलाई उन्मुक्ति दिन नहुने भन्दै उनले वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप समेत लगाए।

अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार देश जलाउनेहरूकै पक्षमा रहेकाले अपराधीहरूमाथि कारबाही गर्न हिचकिचाइरहेको जिकिर गरे। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन सोमबार झापा पुगेका ओलीले बुधबार बिहानैदेखि आन्दोलनबाट प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार