सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनासम्ममा ४० करोड ६२ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार मंसिर महिनामा मात्र ९ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ। कम्पनीका अनुसार समयमै दाबी भुक्तानी गर्दै बीमितप्रतिको दायित्व पूरा गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।
सिटिजन लाइफले दाबी भुक्तानी प्रक्रियालाई सरल, छरितो र पारदर्शी बनाउँदै बीमित तथा अभिकर्ताको विश्वास कायम राख्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ।

