होमपेज > सिद्धार्थ केबलकारले आईपीओ जारी गर्ने

सिद्धार्थ केबलकारले आईपीओ जारी गर्ने

बिज्ञापन

बुटवलमा रहेको सिद्धार्थ केबलकार लिमिटेडले सार्वजनिक शेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ । स्थापनाको ९ वर्ष तथा कम्पनीमा गएको १ वर्ष पूरा गरी बुटवलमा गरेको साधारणसभाले आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी गराए ।

कम्पनीले आईपीओमार्फत १५ करोड रुपैयाँ बराबरको शेयर खोल्ने तयारी गरेको उनले जानकारी गराए । ‘हामीले मापदण्ड पुर्‍याइसकेका छौँ । थप प्रक्रिया पूरा गरेर आईपीओ खोल्ने विषयमा साधारणसभाबाट कुरा अगाडि आएको छ । हामीले छिट्टै नै यसको औपचारिक घोषणा गर्दैछौँ,’ उनले भने । बुटवलको देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्म दुई किलोमिटर दुरीको केबलकार अहिले निर्माण भई सञ्चालनमा आएको छ । बुटवलबाट नुवाकोट जोड्ने सिद्धार्थ केबलकार यही चाडपर्वको अवसरमा औपचार उद्धाटन गर्ने तयारी सञ्चालकको छ । देउराली डाँडाबाट पाल्पाको ऐतिहासिक स्थल नुवाकोटसम्म केबलकारको दुरी २ किलोमिटर छ । केबलकार यात्राको ५ सय मिटर जंगलको बीचहुँदै यात्रा हुन्छ । बाँकी डेढ किलोमिटरको यात्रामा बुटवलसहित परपरसम्म दृष्यावलोकन गर्न सकिन्छ ।

नुवाकोट ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । नुवाकोट विगतमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको ठाउँ हो । यही ठाउँमा बसेर कर्णेल उजिर सिंह नेतृत्वको सेनाले अंग्रेजलाई परास्त गर्न अद्वितीय युद्ध रणनीतिहरू प्रयोग गरेका थिए । यस्तै भैरव मन्दिर तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा जस्ता ऐतिहासिक सम्पदाहरू नुवाकोटमा छन् । सञ्चालक अनुपमान सैजुका अनुसार सातवटा कमलको फूल आकृतिको लोट्स पार्क बनेका छन् भने जसमध्ये ६ वटा बटम स्टेसनमा रएउटा टप स्टेसनमा छ । टप स्टेसनको कमलको फूलको आकृतिमाथि ५० फिट अग्लो बुद्धको मूर्ति बनाइएको छ भने त्यसबाहेक ढुंगेधारा, रेष्टुरेन्ट लगायतका संरचना बन्नेछन् ।

यता बुटवलमा भएको साधारणसभाले सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । कम्पनीले चार वर्षे कार्यकालको लागि राजेन्द्र शिह गुरुङलाई अध्यक्षमा चयन गरेको छ । प्रबन्ध सञ्चालकमा नवनिर्वाचित सञ्चालक प्रभुलाल अधिकारीलाई पहिलो बैठकले चयन गरेको निर्वाचन मण्डलका सञ्चालक अधिवक्ता बाबुराम भुसालले जानकारी दिए । साधारणसभाले रमेशप्रसाद सापकोटा, शेयरधनी र माधब प्रसाद नेपाललाई सञ्चालक समिति सदस्य सर्वसम्मत निर्वाचित गरेको छ । बाँकी ३ सदस्यहरूमा १ जना स्वतन्त्र सञ्चालक र दुई जना आईपीओबाट आउने जनाइएको छ । कम्पनीमा २२९ जना शेयर सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट