होमपेज > बढ्यो गोलभेँडाको मूल्य, अन्य तरकारीको बजार भाउ कति?

बढ्यो गोलभेँडाको मूल्य, अन्य तरकारीको बजार भाउ कति?

बिज्ञापन

भारतबाट आयात हुने गोलभेँडा बाढीपहिरोले  गर्दा कालीमाटीमा गोलभेँडा महँगिएको छ ।  गोलभेँडा शुक्रबार प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म प्रतिकिलो अधिकतम १३० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सानो गोलभेँडा पनि अघिल्लो दिनभन्दा २६ प्रतिशत महँगिएको छ । सानो गोलभेँडा प्रतिकिलो अधिकतम १०० रुपैयाँ पुगेको छ भने टनेलको सानो गोलभेँडा १२५ रुपैयाँ छ । कालीमाटीमा यस दिन प्याज प्रतिकिलो अधिकतम १३० रुपैयाँ पुगेको छ, अघिल्लो दिन १२५ रुपैयाँ थियो । रातो आलु ८५, स्थानीय काउली ६०, भन्टा ८०, घिउ सिमी १३०, टाटे सिमी ९०, पाकेको फर्सी ६५, हरियो फर्सी ७०, भिण्डी १२०, बरेला (चुच्चे करेला) १३०, रायो साग १२० रुपैयाँ छ ।

कालीमाटी बजारमा शुक्रबार आलु, गाजर, भन्टा, बोडी, तिते करेला, घिरौंला पनि महँगिएको छ । फर्सी र परवर केही सस्तिएको छ । कन्य च्याउ २२०, डल्ले च्याउ ४२० तथा कुरिलो अधिकतम ६०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत