रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने निर्णय गरेको हो।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते बिहीबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्ड एन्ड बैंक्वेटमा ३२औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
लाभांश वितरणसम्बन्धी प्रस्ताव भने साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।
प्रतिक्रिया दिनुहोस