२०८३, आश्विन ५ गते

उद्योगी शंकरलाल अग्रवाल १० लाख धरौटीमा रिहा, सर्वोच्चले उल्ट्यायो थुनामा राख्ने आदेश

बिहिवार , आश्विन १, २०८३

सर्वोच्च अदालतले उद्योगी शंकरलाल अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने यसअघिको आदेश सर्वोच्चले बदर गरेको हो।

सर्वोच्च अदालतको संयुक्त इजलासले अग्रवाललाई १० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो। सर्वोच्चको आदेशपछि अग्रवालले धरौटी रकम बुझाएर रिहा भएका छन्।

शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवालले आफूलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपलब्ध मिसिल तथा कागजात र प्रतिवादी पक्षबाट प्रस्तुत जिकिरसमेतलाई आधार बनाएर धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको हो।

यसअघि उच्च अदालत पाटनले अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध अग्रवाल सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले उच्च अदालतको थुनामा राख्ने आदेश बदर गर्दै १० लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानतमा रिहा गर्न आदेश दिएको हो।

अग्रवालमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको थियो। सर्वोच्चको पछिल्लो आदेशसँगै अब मुद्दाको बाँकी प्रक्रिया धरौटीमा बाहिर रहेर अघि बढ्ने भएको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!