बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से ११.९३ अंकले बढेर २ हजार ६२४.३६ विन्दुमा बन्द भएको हो।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। बुधबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यस दिन ३३९ वटा धितोपत्रको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ। १६ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ।
धौलागिरी लघुवित्तको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढ्यो
बिहीबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता शेयरमूल्य १ हजार २४८ रुपैयाँ पुगेको छ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.४४ प्रतिशतले बढेर प्रतिकित्ता ७९३ रुपैयाँ पुगेको छ।
यस दिन हाथवे इन्भेस्टमेन्टको शेयरमूल्य सर्वाधिक २.९७ प्रतिशतले घटेर प्रतिकित्ता ५८८ रुपैयाँमा झरेको छ। सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य पनि २.९५ प्रतिशतले घटेर ९ रुपैयाँ २० पैसामा सीमित भएको छ।
सिद्धार्थ बैंकको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा बिहीबार सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको प्रतिकित्ता ४४७ रुपैयाँका दरले ३३ करोड ६२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बैंकको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ३.७१ प्रतिशतले बढेको छ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता शेयरमूल्य ६८५ रुपैयाँ रहेको छ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ११ समूहको परिसूचक बढेको छ भने लगानी र अन्य समूहको परिसूचक घटेको छ। बढ्ने समूहमा जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको छ।
प्रतिक्रिया दिनुहोस