२०८३, आश्विन ५ गते

सन नेपाल लाइफद्वारा सन स्मार्ट प्रोटेक्सन बीमा योजना सार्वजनिक

शुक्रवार , आश्विन २, २०८३

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ ल्याएको छ। 

असोज १ गते सम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालज्यूबाट र उच्च व्यवस्थापन कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनालाई शुभारम्भ गरिएको हो । कम्पनीले १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरूका लागि थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यो नयाँ योजना प्रस्तुत गरेको हो।

विशेष गरी युवा अवस्थामा रहेका परिवारका संरक्षकहरूको व्यावसायिक दायित्व र पारिवारिक दायित्वलाई सन्तुलनमा राखी आर्थिक सुरक्षा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ। यो बीमा योजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथै डिजिटल माध्यमबाट पनि सहजै खरिद गर्न सकिन्छ र डिजिटल माध्यमबाट खरिद गर्नको लागि www.sunlife.com.np र sun connect बाट खरिद गर्न सकिने छ।

योजनाका विशेषता तथा सुविधा

यस योजना अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि आयश्रोतका आधारमा जतिसुकै रकमसम्मको बीमांक चयन गर्न सकिनेछ। बीमा शुल्क भुक्तानी मासिक, त्रैमासिक, अर्ध-वार्षिक तथा वार्षिक रूपमा गर्न सकिने सुविधा रहेको छ।

बीमितको निधन भएमा बीमांक रकमको १०० प्रतिशत रकम दाबी भुक्तानी हुनेछ। यसका साथै ऐच्छिक सुविधा अन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च र १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि समेटिएको छ।

कम्पनीको परिचय र पहुँच

सन् २०७४/६/६ मा बीमक दर्ता भई औपचारिक व्यवसाय प्रारम्भ गरेको यस कम्पनीको अधिकृत पुँजी १० अर्ब र चुक्ता पुँजी ५.२८ अर्ब रुपैयाँ रहेको छ। ISO 27001:2022 प्रमाणित यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीको रूपमा स्थापित छ।

हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ। दुर्घटना, अशक्तता र आपत्कालीन रोगका कारण उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य ध्येय रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!