साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा बन्द भएको छ।
कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ । शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ ।
यसदिन ३५९ वटा धितोपत्रको ९० लाख ३ हजार ३८८ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ३२ वटाको सेयर मूल्य बढ्दा २४२ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
सोमबार १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ । उक्त डिबेन्चरको मूल्य १ हजार १३६ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै, १० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चरको मूल्य ४.९८ प्रतिशतले बढेर प्रतिडिबेन्चर १ हजार १६० रुपैयाँ पुगेको छ ।
यसदिन त्रिशूली जलविद्युतको सेयर मूल्य सर्वाधिक ८.८४ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य २७४ रुपैयाँमा झरेको छ ।त्यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य ५.८० प्रतिशतले घटेर प्रतिकित्ता ४२२ रुपैयाँ कायम भएको छ ।
सोमबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रह्यो । कम्पनीको प्रतिकित्ता २७५ रुपैयाँका दरले २ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हाथवे इन्भेस्टमेन्ट रह्यो । कम्पनीको प्रतिकित्ता ४२२ रुपैयाँ १० पैसाका दरले ८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक मात्र बढेको छ । बाँकी १२ समूहको परिसूचक घटेको छ ।घट्नेमा वित्त समूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस