२०८३, आश्विन २१ गते

नेप्सेको सीईओ बन्न चार जना सर्टलिस्ट, को–को छन् दौडमा?

मंगलवार , आश्विन २०, २०८३

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि चार जना उम्मेदवार सर्टलिस्ट भएका छन्।

अर्थ मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिले ८३ असोज १९ गते सूचना जारी गर्दै अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदीलाई दोस्रो चरणको मूल्याङ्कनका लागि छनोट गरेको हो।

यसअघि गत साउन १२ गते प्रकाशित पदपूर्तिसम्बन्धी सूचनामा परेका ८ वटा आवेदनमध्येबाट सिफारिससम्बन्धी कार्यविधि, २०८३ को दफा ६.२ बमोजिम चार जनाको संक्षिप्त सूची तयार गरिएको समितिले जनाएको छ।

२३ असोजमा प्रस्तुतीकरण र अन्तर्वार्ता
सर्टलिस्टमा परेका उम्मेदवारहरूको नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २३ गते हुने भएको छ।

कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयको सम्पर्क कक्ष नम्बर ४१९ मा हुनेछ। समितिका अनुसार अनिल राज पौडेलको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहान ७ बजे, नवराज सापकोटाको बिहान ८ बजे, नारायण प्रसाद सापकोटाको साँझ ५ः३० बजे र प्रताप सुवेदीको साँझ ६ः३० बजे तोकिएको छ।

उम्मेदवारलाई आफूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन समितिले निर्देशन दिएको छ। चार उम्मेदवारमध्येबाट छनोट तथा सिफारिस प्रक्रिया पूरा भएपछि नेप्सेले नयाँ प्रमुख कार्यकारी अधिकृत पाउनेछ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!