२०८३, आश्विन २१ गते

एनपीएल सिजन–३ मा विराटनगर किंग्स र एभरेस्ट बैंकबीच सहकार्यको निरन्तरता

मंगलवार , आश्विन २०, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्यले निरन्तरता पाउने भएको छ।

विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो। यससम्बन्धी सम्झौता विराटनगरमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ।

सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ। टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुद क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाउन कर्पोरेट क्षेत्रको साथ महत्वपूर्ण रहेको जनाएको छ।

विराटनगर किंग्स र एभरेस्ट बैंकबीचको निरन्तर सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास गरिएको छ। साथै, यस सहकार्यले खेलकुद र कर्पोरेट क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विराटनगर किंग्सले बैंकलाई निरन्तर विश्वास, सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा साझेदारीलाई अझ प्रभावकारी र दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!