२०८३, आश्विन २२ गते

‘अक्सन फर ए कज’बाट इस्लिङ्टनका एमबिए विद्यार्थीले बाढीपीडितका लागि संकलन गरे १ लाख १७ हजार रुपैयाँ

बुधवार , आश्विन २१, २०८३

इस्लिङ्टन कलेजको एमबिए पल्स कम्युनिटीले आयोजना गरेको विद्यार्थी–नेतृत्वको परोपकारी कलाारी हलमा आयोजित अक्सनमा एमबिएका विद्यार्थीले सिर्जना गरेका मौलिक कलाकृति बिक्रीका लागि राखिएका थिए। अक्सनबाट भएको अक्सन ‘अक्सन फर ए कज’ बाट कुल २ लाख ८२ हजार ४५ रुपैयाँ बराबरको बिक्री भएको छ।

शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजित अक्सनमा एमबिएका विद्यार्थीले सिर्जना गरेका मौलिक कलाकृति बिक्रीका लागि राखिएका थिए। अक्सनबाट भएको बिक्रीमध्ये ८९ हजार ६१३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रत्यक्ष योगदान गरिने जनाइएको छ।

त्यसैगरी, एमबिए पल्स कम्युनिटीले कुल बिक्री रकमको थप १० प्रतिशत अर्थात् २८ हजार २०४ रुपैयाँ ५० पैसा योगदान गर्ने प्रतिबद्धता जनाएको छ। यससहित उद्धार कोषका लागि कार्यक्रममा कुल १ लाख १७ हजार ८१८ रुपैयाँ संकलन भएको छ।

हालैको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको अक्सनमा विद्यार्थी कलाकारका मौलिक कलाकृति प्रस्तुत गरिएको थियो। कार्यक्रममा कलाप्रेमी, कला सङ्ग्राहक, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

‘अक्सन फर ए कज’ एमबिए पल्स कम्युनिटीका विद्यार्थीले नै परिकल्पना, आयोजना तथा सञ्चालन गरेका हुन्। पहलले विद्यार्थीको सिर्जनशीलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बाढी प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

अक्सनमार्फत विद्यार्थी कलाकारले आफ्नो सिर्जनाबाट प्रत्यक्ष आम्दानी गर्ने अवसरसमेत पाएका छन्। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, बोलकबोलकर्ता, खरिदकर्ता, सहभागी तथा समर्थकप्रति आभार व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!