२०८३, आश्विन २२ गते

कुथेली बुखरीले घोषणा गर्‍यो १८ प्रतिशत लाभांश

बिहिवार , आश्विन २२, २०८३

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुनेछ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!