२०८३, कार्तिक २ गते

बूढीगण्डकी बाढीले ६ पुल र ३५ घर बगायो, १० जना सम्पर्कविहीन

आइतवार , आश्विन २५, २०८३

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले ६ वटा पुल र चुमनुब्री गाउँपालिकाका करिब ३५ घर बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको हो। बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ।

यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। त्यसैगरी, जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत ठूलो क्षति पुगेको जनाइएको छ।

बाढीका कारण पुल तथा सडक सम्पर्क विच्छेद हुँदा प्रभावित क्षेत्रका बासिन्दाको आवतजावतमा कठिनाइ भएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!