सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको हो ।
दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।
घाइतेहरूको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताहरूको खोजीका लागि गोताखोरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
जिप कसरी दुर्घटनामा पर्यो भन्नेबारे खुल्न बाँकी छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस