२०८३, कार्तिक ११ गते

सुनचाँदी दुवैको मूल्य बढ्यो, तोलाको कति ?

सोमवार , कार्तिक १०, २०८३

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।

महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images