२०८३, कार्तिक ११ गते

एनपीएललाई लक्षित गर्दै नेपाल टेलिकमले ल्यायो ५९९ रुपैयाँको अनलिमिटेड प्याकेज

मंगलवार , कार्तिक ११, २०८३

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ५९९ रुपैयाँको ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।

टेलिकमका अनुसार प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा ३० दिनको समयावधि भएको यो प्याकेज खरिद गर्न सक्नेछन्।

प्याकेजअन्तर्गत ग्राहकले जुनसुकै नेटवर्कमा ३३३ मिनेट कल गर्न र दैनिक ८ जीबी डाटा प्रयोग गर्न पाउनेछन्।

यो प्याकेज कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट १४१५९ डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन्।

पोस्टपेड प्रयोगकर्ताको हकमा भने प्याकेजको शुल्क मासिक रेन्टल चार्जमा समावेश गरिने टेलिकमले जनाएको छ। नेपाल टेलिकम एनपीएल सिजन–३ को आधिकारिक टेलिकम पार्टनरसमेत हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images