२०८३, कार्तिक ११ गते

त्रिभुवन विमानस्थलबाट विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

मंगलवार , कार्तिक ११, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ रहेको कार्गो कम्प्लेक्स भवनको ‘ए साइड’ मा जडान गरिएको एक्सरे मेसिनबाट सामान जाँच गर्ने क्रममा चुरोट फेला परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार स्काइकिङ लजिस्टिक प्रालिमार्फत विदेश पठाउन लागिएको एक कार्टुन सामान एक्सरे मेसिनमा स्क्रिनिङ गर्दा शंकास्पद देखिएको थियो। त्यसपछि उक्त सामान नियन्त्रणमा लिएर थप परीक्षण गर्दा एक हजार प्याकेट चुरोट फेला परेको हो।

प्रहरीले चुरोट बरामद गरे पनि त्यसको ब्रान्ड, गन्तव्य मुलुक, संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप विवरण सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images