२०८३, कार्तिक २६ गते

१७ अर्बका ९२ खानेपानी आयोजना ठेक्कामा, १३ लाख नागरिक लाभान्वित हुने

बिहिवार , कार्तिक १९, २०८३

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १७ अर्ब १५ करोड रुपैयाँ लागतका ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत विभिन्न जिल्लामा सञ्चालन हुने साना तथा ठूला आयोजनाको ठेक्का आह्वान गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।मन्त्री लम्सालका अनुसार यी आयोजनामार्फत आगामी ३० महिनाभित्र १३ लाख ७२ हजार नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

गत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त हुन नसक्दा खानेपानी आयोजनाका कुनै पनि ठेक्का अघि बढ्न सकेका थिएनन्। तर, चालु आर्थिक वर्षमा खानेपानी सेवालाई प्राथमिकतामा राख्दै सरकारले ठेक्का प्रक्रिया तीव्र बनाएको मन्त्री लम्सालले बताएका छन्।उनका अनुसार यस वर्ष करिब ४४ अर्ब रुपैयाँसम्मका खानेपानी आयोजनालाई खरिद प्रक्रियामा लैजाने तयारी सरकारको छ।

सरकारले २०८७ सालसम्म देशका सबै नागरिकको घरघरमा सुरक्षित खानेपानी सेवा पुर्‍याउने लक्ष्य राखेको छ। सोही लक्ष्यअनुसार खानेपानी पूर्वाधार विस्तार तथा सेवा पहुँच बढाउने कामलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images