२०८३, कार्तिक २४ गते

चितवन राइनोजलाई काठमाडौँ गोर्खाजले १० रनले हरायो

सोमवार , कार्तिक २३, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको हो ।

काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । काठमाडौँका लागि रवि बोपाराले ५५ रन बनाए भने डान मोउसलीले २९, कामील मिशाराले २८ रन बनाएका थिए । त्यस्तै काठमाडौँका बलर सहान अराचचिगेले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । काठमाडौँका लागि राशिद खानले ५२ रन बनाए भने सहान अराचचिगेले ३३, विलियन बोसिस्टोले २७ रन बनाएका थिए । त्यस्तै चितवन राइनोजका रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए ।

यो जितपछि काठमाडौँ गोर्खाजको ५ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चितवन राइनोजको ५ खेलमा ५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images