२०८३, कार्तिक २५ गते

मोटरसाइकल दुर्घटना १६ वर्षीय किशोरको मृत्यु

मंगलवार , कार्तिक २४, २०८३

बर्दियामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन्।

बढैयाताल गाउँपालिका–८ शीतलबजारमा गत कात्तिक २३ गते बिहान करिब ७ः२५ बजे भे १४ प ८६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–९ निवासी २० वर्षीय दिक्षित श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार १६ वर्षीय रिदम थापा घाइते भएका थिए।

घाइते दुवैलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको थियो।

उपचारकै क्रममा कात्तिक २४ गते बिहान करिब ७ बजे चिकित्सकले रिदम थापालाई मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images