२०८३, कार्तिक २६ गते

तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाए

बिहिवार , कार्तिक २६, २०८३

तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । कात्तिक २१ गतेदेखि २५ गते भाइटिका सम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो । 

त्यस्तै सोहि अवधिमा चेकिङको क्रममा ५९५ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा नियन्त्रणमा लिएर कारबाही र लागुपदार्थ सेवन गरेर सवारी चलाउने १८ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए । 

अन्य कारबाहीसमेत जोड्दा तीव्र गतिमा वा लापरवाही गरी सवारी चलाउने समेत कुल २ हजार २ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको उनले बताए । त्यस्तै बिहीबार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय गाडी मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ६ चिसापानी गढीमा सडकबाट ५०० मिटर तल खस्दा १० जनाको मृत्यु भएको र ६ जना घाइते भएको उनले जानकारी दिए । प्रवक्ता सुवेदीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मानवीय जनशक्तिका साथै प्रविधिबाट विशेष निगरानी, अनुगमन र कारबाही गर्ने प्रक्रियालाई कढाई गरिएको उल्लेख गरे । 

थापाथलीदेखि बानेश्वर क्षेत्रको सडकमा फेसलेस ट्राफिक व्यवस्थापनका लागि प्रविधिमार्फत निगरानी गर्ने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए । उनले सडकमा सवारी साधन र दुर्घटना बढ्दै गएको अवस्थामा मानवीय जनशक्तिले मात्र नियन्त्रण गर्न कठिन हुने हुनाले प्रविधिमा आधारित ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर पूर्वाधारका कामहरू भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images