होमपेज > अर्थशास्त्री डा. विवेक देबरायको निधन

अर्थशास्त्री डा. विवेक देबरायको निधन

बिज्ञापन

भारतीय अर्थशास्त्री डा. विवेक देबरायको निधन भएको छ। ६९ वर्षको उमेरमा शुक्रबार बिहान दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। उनी आन्द्राको संक्रमणबाट पीडित थिए।

पद्मश्री पुरस्कार विजेता देबराय हाल प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का अध्यक्षका थिए। उनको प्रारम्भिक शिक्षा कोलकाताको नरेन्द्रपुरको रामकृष्ण मिशन स्कूलमा भएको थियो। यसपछि उनले कोलकाताको प्रेसिडेन्सी कलेज, दिल्ली स्कूल अफ इकोनोमिक्स र क्याम्ब्रिजको ट्रिनिटी कलेजबाट उच्च शिक्षा पूरा गरेका थिए।

पूर्वीय साहित्यलाई अंग्रजीमा अनुवाद गर्ने काममा पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए। महाभारत, रामायण तथा चारवटै वेदलगायत विभिन्न संस्कृत कृतिहरूलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए। मोदीले उनलाई ‘टावरिङ स्कलर’ भन्दै अर्थशास्त्र, इतिहास, संस्कृति, राजनीतिक, अध्यात्मलगायत क्षेत्रमा उनी पारङ्‍गत रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार