होमपेज > आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील छु, मन्त्रीबाट राजीनामा दिन्न: कुलमान घिसिङ

आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील छु, मन्त्रीबाट राजीनामा दिन्न: कुलमान घिसिङ

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनेबारे सञ्चारमाध्यममा आएका समाचारलाई भ्रान्तिपूर्ण बताउँदै त्यसको खण्डन गरेका छन्।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै मन्त्री घिसिङले “राजीनामा दिने तयारी” विषयक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भनेका छन्, “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता छैन। म तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न निरन्तर क्रियाशील छु।” केही सञ्चारमाध्यमहरूले घिसिङले राजीनामा दिएर नयाँ दल गठन गर्ने तयारी गरेको समाचार प्रकाशित गरेका थिए।

तर, मन्त्री घिसिङले उक्त समाचारलाई पूर्णरूपमा असत्य भन्दै भनेका छन्, “जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ। म सरकारमा रहँदै त्यस लक्ष्यप्रति समर्पित छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट