होमपेज > चर्चित पसल रिद्धि सिद्धि ज्वेलर्सलाई सुन व्यापारीबाट नै तस्करीको आरोप

चर्चित पसल रिद्धि सिद्धि ज्वेलर्सलाई सुन व्यापारीबाट नै तस्करीको आरोप

बिज्ञापन

विशालबजारको चर्चित सुनचाँदी पसल रिद्धि सिद्धि ज्वेलर्सले ‘सुनको मूल्य अत्यधिक बढेकोले ज्याला र जर्तिमा भारी छुट’ भनेर केही दिनदेखि विज्ञापन गर्दै आइरहेको छ । रिद्धि सिद्धिको उक्त विज्ञापनमा ‘सुनको मूल्य अत्याधिक बढेको भए पनि अब भारी छुटमा सुनका गहनाहरू ढुक्कले खरिद गर्नुहोस् । अब सुनको गहनाका साथै हिराको गहनामामा जर्ती नलाग्ने साथै ज्यालामा भारी छुट, ७ प्रतिशत मात्र !’ भनिएको छ ।

यसै विज्ञापनलाई आधार बनाएर नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले न्युरोडस्थित विशाल बजारको एक व्यावसायिक फर्मले सुनको गहना बनाउँदा ज्याला र जर्तीमा भारी छुट दिने विज्ञापन प्रकाशित गरेकाप्रति सुनचाँदी व्यवसायी महासंघहरूले गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त प्रेस विज्ञपित जारी गरेका छन् ।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञापन गर्ने व्यावसायिक फर्मको नाम उल्लेख नगिरकनै यो विज्ञापनले राज्य, उपभोक्ता, व्यवसायी र कालीगढबीच विश्वासको संकट पैदा गराउने प्रयास गरेको आरोप लगाएका हुन् । उनीहरूले जर्तीबापत १० प्रतिशत शोधभर्नाको नियम रहेको भन्दै जर्ती नलिई गरगहना बिक्री गर्ने विज्ञापनलाई भ्रमपूर्ण र सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने कदम भएको उल्लेख गरेका छन् ।

नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यातमा जर्तीबापत ग्राहकले १० प्रतिशत थप शोधभर्ना दिने नियम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरूले विज्ञापन गर्ने व्यवसायीमाथि तस्करीको कमसल सुन कारोबारका लागि जर्ती नलिने विज्ञापन गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुन प्रयोग गर्ने र कालीगढको ज्यालामा संकुचन गरी अपारदर्शी र विधिविपरीत नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलाप रोक्न तथा विज्ञापन फिर्ता लिन महासंघ सम्बन्धित व्यवसायीलाई सचेत गराउन चाहन्छ ।’

साथै, तीन महासंघले सम्बन्धित व्यवसायीहरूलाई यस्तो विज्ञापन फिर्ता लिन र आगामी दिनमा यस्तो कार्य कसैले पनि नगर्न-नगराउनसमेत सचेत गराएका छन् । साथै, हालसम्मको साथ सहयोगको लागि उपभोक्ताप्रति आभार व्यक्त गर्दै सस्तो लोकप्रियताको यस्तो भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्न उनीहरूको अनुरोध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट