होमपेज > जनकपुरमा पनि खुल्यो ‘अथर’ को एक्सपिरियन्स सेन्टर, जेठ ४ सम्म विशेष अफर

जनकपुरमा पनि खुल्यो ‘अथर’ को एक्सपिरियन्स सेन्टर, जेठ ४ सम्म विशेष अफर

बिज्ञापन

नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘अथर इनर्जी नेपाल’ ले जनकपुरमा आफ्नो नयाँ ‘अथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । विद्युतीय सवारीको विस्तारलाई तीव्र बनाउने लक्ष्यका साथ कम्पनीले देशभर आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

जनकपुरको मिल्स एरियामा अवस्थित यो सेन्टर सोमबारदेखि नितिन ट्रेड लिंकको व्यवस्थापनमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। योसँगै नेपालभर अथरका एक्सपिरियन्स सेन्टरको संख्या १० पुगेको छ। कम्पनीले हाल काठमाडौँ उपत्यकामा ५ वटा तथा पोखरा, चितवन, इटहरी र बुटवलमा आफ्ना शाखाहरू सञ्चालन गरिरहेको छ।

के छन् सुविधाहरू ?
जनकपुर सेन्टरमा ग्राहकले अथरका लोकप्रिय मोडलहरू ‘४५० सिरिज’ र परिवारमुखी ‘अथर रिज्टा’ को लाइभ डिस्प्ले र टेस्ट राइड गर्न पाउनेछन् । अथर ४५० सिरिजमा गुगल म्याप्स, अटो होल्ड र रिभर्स मोड जस्ता स्मार्ट सुविधाहरू छन् भने ‘रिज्टा’ मोडल फराकिलो सिट र ठूलो स्टोरेजका लागि परिचित छ ।

अथरले नेपाली बजारमा ईभी क्षेत्रकै सबैभन्दा लामो ८ वर्षको ब्याट्री वारेन्टी समेत दिँदै आएको छ । साथै, देशभर ९ वटा सर्भिस सेन्टर र ४० भन्दा बढी स्थानमा फास्ट चार्जिङ नेटवर्क (अथर ग्रिड) मार्फत सेवा दिइरहेको छ ।

उद्घाटन अफर

जनकपुरमा शाखा विस्तार भएको अवसरमा कम्पनीले जेठ ४ गतेसम्मका लागि विशेष अफर सार्वजनिक गरेको छ ।यसअन्तर्गत ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा र अतिरिक्त एक्सचेन्ज भ्यालुएसन पाउने कम्पनीले जनाएको छ।

नेपालका लागि अथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि. ले स्वच्छ र दिगो मोबिलिटीलाई प्राथमिकता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार