निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

