नेपाल इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले बोनस सेयर दिने छैन । १६ करोड ९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँ छ ।

