होमपेज > निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

बिज्ञापन

नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने आवश्यक व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत निर्वाचनसम्बन्धी आर्थिक कारोबार सहज बनाउन यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सकिनेछ। ती खाताहरू निर्वाचन आयोगले खाता बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहने व्यवस्था गरिएको छ।

निर्देशनअनुसार आमनिर्वाचन अभियान समूहले नेपाली मुद्रामा हुने आम्दानी तथा खर्चसम्बन्धी कारोबार गर्न सक्नेगरी बैंक खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ। यसले निर्वाचन खर्चलाई पारदर्शी, व्यवस्थित र निगरानीयुक्त बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, प्रत्येक राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक तथा प्रत्यक्ष उम्मेदवार, साथै स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचनामार्फत आग्रह गरेको छ।

निर्वाचन खर्च तथा चन्दा संकलनलाई कानुनी दायराभित्र राखी वित्तीय पारदर्शिता कायम गर्ने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको राष्ट्र बैंकको भनाइ छ। निर्वाचन आयोगले पनि निर्वाचन प्रक्रियामा हुने आर्थिक गतिविधि स्पष्ट र जवाफदेही बनाउन बैंकिङ प्रणालीमार्फत कारोबार गर्नुपर्नेमा जोड दिँदै आएको छ।

यस्तो छ खाता खोल्ने प्रक्रिया

राष्ट्र बैंकका अनुसार, यी खाताहरू नेपाली मुद्रा (रुपैयाँ/पैसा)मा मात्र सञ्चालन हुने गरी एउटा (एक मात्र) खाता खोल्न पाइनेछ । यस्तो खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा उल्लेख भएअनुसार “कुनै पनि व्यक्तिले एउटै बैंक वा वित्तीय संस्थामा एउटै प्रकृतिको एकभन्दा बढी स्वदेशी मुद्राको खाता खोल्न नपाउने” व्यवस्था छ । तर, निर्वाचन प्रयोजनका लागि खोलिने यी खाताहरूको हकमा भने उक्त प्रतिबन्धात्मक व्यवस्था लागु नहुने गरी विशेष छुट प्रदान गरिएको छ ।

यी खाताहरू स्थायी प्रकृतिका हुने छैनन् । निर्वाचन आयोगले आमनिर्वाचन सम्पन्न भएपछि निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि मात्र यी खाताहरू सञ्चालनमा रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट