होमपेज > मधेश पुगेर गगन थापाले के भने ?

मधेश पुगेर गगन थापाले के भने ?

बिज्ञापन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशले सिंगो नेपाललाई लगाएको गुनको बारेमा राम्रोसँग जानकार रहेको बताएका छन् । २१ फागुनको निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका थापा आज पहिलोपटक सो क्षेत्रमा पुगेका हुन् । उनले मधेशले नेपाली कांग्रेसलाई लगाएको गुन, प्रजातन्त्रलाई लगाएको गुनबारे आफूले जानकार रहेको बताउँदै आफू त्यो गुन तिर्नको लागि मधेश झरेको बताएका छन् ।

उनले भनेका छन्,‘मधेशले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु । अत्यन्त उत्साहित बनाएको छ । म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । कांग्रेसको कार्यकर्ता भएको हुनाले गर्दा मधेशले कांग्रेसलाई लगाएको गुन, मधेशले नेपालको प्रजातन्त्रलाई लगाएको गुन, मधेशले सिंगो नेपाललाई लगाएको गुनको बारेमा राम्रोसँग जान्दछु । धेरै पढेर जान्दछु । किनकि म धेरै पछिको मान्छे हुँ । बीपी कोइरालाको बारेमा पढेर जान्दछु । मधेशले दिएको शहीदहरूको बारेमा पढेर जान्दछु ।’

यस्तो छ उनको सम्बोधनको पूर्णपाठ

मधेशले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु । अत्यन्त उत्साहित बनाएको छ । म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । कांग्रेसको कार्यकर्ता भएको हुनाले गर्दा मधेशले कांग्रेसलाई लगाएको गुन, मधेशले नेपालको प्रजातन्त्रलाई लगाएको गुन, मधेशले सिंगो नेपाललाई लगाएको गुनको बारेमा राम्रोसँग जान्दछु । धेरै पढेर जान्दछु । किनकि म धेरै पछिको मान्छे हुँ । बीपी कोइरालाको बारेमा पढेर जान्दछु । मधेशले दिएको शहीदहरूको बारेमा पढेर जान्दछु ।

र पछिल्लो समय, मैले सबैभन्दा बढी संगत गरेको नेता प्रदीप गिरी हुनुहुन्छ । प्रदीप गिरीलाई हामी ‘चल्ताफिरता मधेश’ भनेर भन्छौँ । हामीलाई लिएर आउने, मधेशको बारेमा बताउने हाम्रो युगको नेता हुनुहुन्थ्यो, अहिले हाम्रो बीचमा हुनुहुन्न । मलाई त्यही बेलादेखि एउटा कुरा खड्किरहेको थियो । मेरो बाआमा पहाडबाट काठमाडौं आउनुभएको हो । त्यसैले पहाडको बारेमा मैले थाहा पाउने मौका पाएँ । हरेक वर्ष जान्थेँ । म काठमाडौंमा जन्मेको, हुर्केको हुनाले गर्दा काठमाडौंको रहनसहन, सुखदुःख त्यसै पनि थाहा पाउने भएँ ।

तर प्रदीप गिरीको संगत गर्दा मैले बुझेको, सिकेको कुरा के हो भने– जबसम्म मैले एकपटक आफूले आफूलाई मधेशमा गएर समर्पित गर्दिनँ, मधेशमा गएर समाहित गर्दिनँ, मैले जबसम्म आफूले आफूलाई आफूभित्र मधेश र मधेशभित्र आफूलाई लिएर आउने प्रयास गर्दिनँ, तबसम्म म सम्पूर्ण रूपमा नेपाली बन्न सक्दिनँ ।

त्यस कारणले गर्दा आज म एउटा विश्वासको साथ मधेश झरेको छु । केही सालअगाडि हुलाकी राजमार्गको यात्रा गर्दाखेरि मलाई मधेश आउँछु, यहीँ आउँछु, यहीँको साथीहरूको बीचमा बस्छु र यसको प्रतिनिधित्व गर्ने कोसिस गर्छु भन्ने कुरा अझ मनमा लागेको थियो । किन होला नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो ठूलो योगदान पुर्‍याएको, यति धेरै शहीदहरू नेपाललाई दिएको, प्रत्येक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेको ? मधेशले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु ।

म अहिले यो बीचमा हुलाकी राजमार्गको यात्रा गर्दै गर्दा, मैले जति दिन हिँडेँ, त्यो दिन देखेको हुँ– कि यति धेरै सम्भावना भएको, यति धेरै खेती किसानीमा यहाँका दाजुभाइ दिदीबहिनी रम्दै गर्दाखेरि पनि यति धेरै यहाँका मानिसहरू खाडीमा काम गर्न जानुपर्ने बाध्यता किन भएको होला ? मैले हिजो प्रश्न गरेँ, म आज त्यसको उत्तर खोज्ने गरी आएको छु ।

कुनै बेला पहाडमा होला, काठमाडौंमा होला । मधेशको यहाँबाट कोही नगईकन गणितको कक्षा चल्दैन थियो । विज्ञानको कक्षा चल्दैन थियो । अहिले गणित र विज्ञान राम्रो नभईकन अबको १०–१२–१५ वर्ष नेपालको पनि आम्दानीको सबैभन्दा ठूलो स्रोत भनेको सूचना प्रविधि हो । सूचना प्रविधिको लागि केटाकेटीदेखि नै गणित जान्नुपर्छ, विज्ञान जान्नुपर्छ । मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्न सक्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  2. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  3. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  5. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  6. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  7. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  8. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  9. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  10. १० रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  11. ११ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  12. १२ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  13. १३ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  14. १४ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  15. १५ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द