२०८२ कार्तिक ८ शनिबार

नेशनल वायोटेक प्रालि ले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने प्रस्तावसहित दोस्रो वार्षिक साधारण सभा मंसिर ५ गते गर्ने भएको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो।

कम्पनीले बिहीबार प्रकाशित गरेको सूचना अनुसार, सभा काठमाडौंको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा बिहान तोकिएको समयमा आयोजना गरिनेछ। कम्पनीले सम्पूर्ण शेयरधनीहरूलाई कार्यक्रममा सहभागी भई प्रस्तावहरूमा छलफल तथा निर्णय प्रक्रियामा सहभागिता जनाउन आग्रह गरेको छ।

सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव

साधारण सभामा सर्वसाधारणका लागि शेयर जारी गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, शेयर निष्काशनपछि प्राप्त पुँजीको उपयोगबारे निर्णय गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, साथै शेयर जारी गर्ने तथा बैंकिङ कारोबार गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्तावहरू पनि सभामा पेस गरिने कम्पनीले जनाएको छ।

आर्थिक प्रतिवेदन र लेखापरीक्षक नियुक्ति पनि एजेन्डामा

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित चालु आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणमाथि छलफल गरिनेछ। यसका साथै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय