साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पुनः गिरावट आएको छ। कारोबारको अन्त्यसम्म नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको छ। आज कुल ३११ कम्पनीका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
क्षेत्रगत सूचकमा हेर्दा बैंकिङ र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रमा गिरावट आएको छ। बीमा, हाइड्रोपावर, फाइनान्स, विकास बैंक, लघुवित्त र ट्रेडिङ क्षेत्रमा उल्लेख्य गिरावट देखिएको छ। हिमालयन पावर पार्टनर लिमिटेड को शेयर मूल्यमा सबैभन्दा बढी वृद्धि हुँदै ९.९३ प्रतिशत बढेको छ। कालिका लघुवित्त को शेयर पनि ५.६९ प्रतिशतले बढेको छ। तर समाज लघुवित्त मा नकारात्मक सर्किट लागेर कारोबार रोकिएको छ। युनिक नेपाल लघुवित्त को शेयर ७.३३ प्रतिशतले घटेको छ।
मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहँदै १५ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। दोस्रो स्थानमा रहेको नेपाल रिइन्सुरेन्स कम्पनी को १३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। लगातारको अस्थिरताबीच नेप्सेमा लगानीकर्ता सावधानीपूर्वक कारोबार गरिरहेका छन्। विश्लेषकका अनुसार निकट भविष्यमा तरलता अवस्था र बैंक ब्याजदरले बजारको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।













