२०८३, आश्विन १० गते

एमालेको संसदीय दलको बैठक सुरू

बुधवार , चैत्र १८, २०८२

नेकपा (एमाले)को संसदीय दलको बैठक सुरू भएको छ । बैठक केही समयअगाडि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो । बिहीबारदेखि संसदको अधिवेशन सुरू हुने भएकोले बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने जनाइएको छ ।   गत २१ फागुनमा भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट गरी २५ जना सांसद रहेका छन् ।   पार्टीका पूर्वउपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!