२०८३, आश्विन २३ गते

सुनको मूल्य फेरि बढ्यो, चाँदी भने घट्यो

बिहिवार , आश्विन २२, २०८३

स्थानीय बजारमा सुनको मूल्य आज फेरि बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य भने आज प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ थियो।

यसअनुसार एकै दिन सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने ओरालो लागेको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा स्थानीय माग–आपूर्तिको अवस्थाले नेपाली बजारमा बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!