२०८३, आश्विन २६ गते

बूढीगण्डकी बाढीको क्षतिप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह

आइतवार , आश्विन २५, २०८३

नेपाली कांग्रेसका सभापति गगन थापाले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुल बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको उल्लेख गर्दै उनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्न अनुरोध गरेका छन्।

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगका लागि सक्रियतापूर्वक जुट्न सभापति थापाले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, सम्भावित जोखिमबाट जोगिन र आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!