एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ। सम्झौतासँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट सहजै कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन्।
यस सहकार्यपछि एनएमबी बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्कालै ‘इन्स्ट्यान्ट पर्चेज क्रेडिट’ अर्थात् लुप क्रेडिट सुविधा लिन सक्नेछन्।
त्यस्तै, ग्राहकले आफ्नो एनएमबी डेबिट कार्ड वा क्यूआरमार्फत गरेको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी (लुप ईएमआई) मा रूपान्तरण गर्न सक्नेछन्।
बैंकका अनुसार यस सुविधाले ग्राहकलाई सामान खरिद गर्न आवश्यक वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन र भुक्तानी प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस